काठमाडौं । नेपाल तरुण दलका अध्यक्षले महासचिवलाई दलको जिम्मेवारीबाट बर्खास्त गरेपछि महासचिवले पनि अध्यक्षलाई पदबाट हटाएका छन् ।
अध्यक्ष जितजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई दलको सबै जिम्मेवारीबाट मुक्त गरेपछि महासचिव शाहीले पनि विज्ञप्ति प्रकाशित गर्दै अध्यक्षलाई हटाएको जानकारी दिएका हुन् ।
विभिन्न ४ आरोप लगाउँदै महासचिव शाहीले अध्यक्षलाई हटाउनुपरेको उल्लेख गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव शाहीले अध्यक्षलाई हटाउन परेको जानकारी गराएका छन् ।
पदीय मर्यादा, जिम्मेवारी र आचरणविपरीत काम गरेको भन्दै हटाएको जानकारी अध्यक्षले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
यसअघि कार्यकाल सकिन लागेको तरुण दलमा अध्यक्ष र महासचिवको विवाद उत्कर्षमा पुगेको थियो ।
अध्यक्ष जितजंग बस्नेतले भ्रष्टचारविरोधी गतिविधिलाई बेवास्ता गर्दै आएको भन्दै महासचिव भुपेन्द्रजंग शाहीले भदौ २२ मा विज्ञप्ति निकालेपछि विवाद सतहमा आएको थियो।
यता महासचिव भुपेन्द्रजंग शाहीले भने अध्यक्ष बस्नेतलाई नै कारबाही गर्ने जानकारी दिएका थिए । आफू निर्वाचित महासचिव भएको र आफूलाई कांग्रेस पार्टीले मात्र हटाउन सक्ने बताउँदै उनले अध्यक्षको कदमको आलोचना गरेका छन् । साथै अध्यक्षको निर्णय कार्यान्वयन नहुने समेत दाबी गरेका छन् ।
तरुणदलमा जवाफी कार्वाही, कार्वाहीका विरुद्ध कार्वाही

Comments

comments