बनेपा । नेपाल स्वास्थ्य प्राविधिक संघ(पन) काभ्रेको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट सन्दिप के.सी.अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।
अन्य पदाधिकारी र सदस्यहरुमा उपाघ्यक्ष विनोद कुईकेल, उपाध्यक्ष सुरेश हुमागाई, उपाध्यक्ष ललिता श्रेष्ठ, सचिव कृष्ण बहादुर आले, कोषाध्यक्ष झलक दर्लामी, सह सचिव बलराम भैल र सदस्यहरुमा गोमा कुमारी दर्लामी, नवराज कार्की, रामहरी श्रेष्ठ, विशाल खाईजु, विजय कुमार लुंगेली, चन्द्र सिं लामा, रोजन श्रेष्ठ, उमा तामाङ र अन्य दुई सदस्य पछि मनोनयन हुनेछ । अधिवेशनले केन्द्रिय प्रतिनिधिहरुमा रामदास काफ्ले, राजाराम अधिकारी, लक्ष्मी भट्टराई र एकजना पछि मनोनित गर्ने गरि तोकिएको छ ।
निवर्तमान अध्यक्ष राजदास काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा प्रादेशिक सांसद चन्द्र बहादुर लामा रहेका थिए । अन्य अतिथिहरु पान नेपालको बरिष्ठ उपाध्यक्ष राम सुन्दर यादव, बिशेष अतिथी र अतिथीमा स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्र कुमार झा, काभ्रे निजामती कर्मचारीको अध्यक्ष तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ को केन्द्रिय सदस्य शरद थापा, राष्ट्रिय स्वास्थ्यकर्मि संघ काभ्रेको अघ्यक्ष पुरुषोत्तम तिमल्सिना, पत्रकार लक्ष्मण तिमल्सिना रहेका थिए ।
शुभकामना मन्तव्य राख्दै सांसद लामाले स्वास्थ्य क्षेत्र सम्वेदनशील क्षेत्र र स्वास्थ्य कर्मीहरुको दक्षता, हौसला र उत्प्रेणा विना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नभएको बताउँदै यस्का लागि राज्य सरकारसँग पहल गर्ने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै गरी केन्द्रिय उपाध्यक्षले हाल स्वास्थ्यमा देखिएको समायोजन र पदस्थापनाको जटिल समस्या बारे मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । त्यस्तै जिल्ला स्वास्थ्य कार्या काभ्रेका प्रमुखबाट नरेन्द्रकुमार झाले हाल डेंगु भाईरल समस्याबारे जनतामा सचेना कार्यक्रम गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।