तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । नुवाकोट समाज दक्षिण कोरियाको छैटौ अधिवेशनबाट अध्यक्षमा राज दोङ तामाङ निर्वाचित भएको छ । अधिवेशन सेप्टेम्बर १३ तारिखका दिन नमस्ते रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।
वरिष्ठ उपाध्यक्षमा सुन्दर प्रसाद अधिकारी, उपाध्यक्षमा सुदीप लामिछाने, रामकुमार गोतामे, सचिबमा रमित रेग्मी, सह–सचिबमा टंक राना, कोषाध्यक्षमा अबिनाश तामाङ, सह–कोषाध्यक्षमा रबिना श्रेष्ठ, सदस्यहरुमा शिवराम भट्टराई (संगम), बद्री अधिकारी, जयराम ढुंगाना, शिवराज के.सि. र राजेन्द्र मोक्तान निर्वाचित भएका छन् ।
अधिवेशनको औपाचारिक कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. ३ एकता समाज दक्षिण कोरियाका अध्यक्ष किशोर ब्लोन नियोगले प्रवासमा एकजुट भएर धेरै सामाजिक कार्यहरू नुवाकोट समाज दक्षिण कोरियाले गर्न सकिने बताउनुभयो ।
अधिवेशनको औपाचारिक कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नं. ३ एकता समाज दक्षिण कोरियाका अध्यक्ष किशोर ब्लोन नियोग, अतिथिहरूमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रञ्जन राज कुवर, नेपाल तामाङ संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष रबि लामा, तामाङ संघ दक्षिण कोरियाका संरक्षक तथा जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष सोम तामाङ, चितवन सम्पर्क मंच दक्षिण कोरियाका अध्यक्ष लिलाकान्त महतो, काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सानू लामा र मकवानपुर मंच दक्षिण कोरियाका अध्यक्ष राजकुमार गोलेको उपस्थिती रहेको थियो ।
सन २०१४ मा स्थापना भएको नुवाकोट समाज दक्षिण कोरियाले विभिन्न समाजिक कार्यहरू गर्दै आइरहेको छ ।
























