तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । मनाङ परिवार दक्षिण कोरियाको आइतबार सउलमा भएको नवौं अधिवेशनले बिनराज गुरूङको अध्यक्षतामा सल्लाहकारसहित १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष कर्मा छेटेन लामा, सचिव सोम बहादुर गुरूङ, उपसचिव राजु गुरूङ, कोषाध्यक्ष मिङमार लामा, सह-कोषाध्यक्ष काशी गुरूङ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सिता लामा, कल्पना लामा, शिब घले चयन भए ।

अधिवेशनमा बरिष्ठ सल्लाहकारमा प्रकाश लामा, जीतबहादुर लामा र निमा साङ्गे लामालाई चयन गरेको छ ।

मनाङ परिवार सन् २००१ मा स्थापना भइ फुटबल प्रतियोगिता, विभिन्न सामाजिक अभियान लगायतका कार्यहरू गर्दै आइरहेको छ ।

Comments

comments