सुनिला दोङ तामाङ
साईप्रस । वैदेशिक रोजगारको सिलसिलामा साइप्रसमा पुगेका तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङ साईप्रसले तेस्रो वार्षिकोत्सव मनाउने तयारी गरेको छ । आइतबार बसेको घेदुङको बैठकले आगामी अक्टोबर २७ तारिखका दिन मनाउने तयारी गरेको हो ।

साईप्रसमा ‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको संवर्द्धन’ भन्ने मुल नाराका साथ २०१६ अक्टोबरमा घेदुङको स्थापना भएको थियो ।
नेपाल तामाङ घेदुङ साईप्रसले स्थापनाकालदेखी नै तामाङ जातिको उत्थान तथा भाषा, धर्म, सँस्कार, संस्कृतिको सम्बद्र्धनको क्षेत्रमा विभिन्न कार्य गर्दै आएको घेदुङ साइप्रस अध्यक्ष साङमो थोकर तामाङले तेमाल अनलाईनलाई बताईन् । त्यसैगरि घेदुङ साइप्रसले मृगौला पिडित, क्यान्सर पिडित जस्ता विभिन्न असक्त व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएको बताउँदै थोकरले तामाङ जातिको शैक्षिक स्तरोन्नत्तिका लागि शैक्षिक कोष स्थापना अबको घेदुङको योजना रहेको पनि बताईन् ।
कार्यक्रम अक्टोबर २७ तारिखका दिन विहान ११ बजे गोर्खा किचेन रेष्टुरेन्ट, लिमासोलमा हुने उनले बताईन् ।
रक्तदान कार्यक्रम पनि हुने
‘रगत दान नै जीवन दान हो’ भन्ने मुल नाराका रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको अध्यक्ष थोकले जानकारी दिईन् । ‘यहि मिति २०७६ असोज ४ गते नेपाल तामाङ घेदुङ साईप्रस र ह्याङला दोलखा – काठमाडौ तामाङ समाजको संयुक्त आयोजनमा बृहत रक्तदान कार्यक्रम हुन गइरहेको पनि म जानकारी गराउन चहान्छु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।