पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिकाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन विभिन्न सरोकारवालाहरुसँग अन्तरकृया गरेको छ । आज (सोमबार) पनौती नगरपालिका पर्यटन समितिको आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा होमस्टे व्यवसायी, होटल व्यवसायी, सर्वसाधारण, विभिन्न व्यवसायीहरुले पर्यटन विकासको लागि विभिन्न सल्लाह सुझाव र योजना प्रस्तुत गरेका थिए ।
जवाफका नगर प्रमुख भिम न्यौपानेले आएको सल्लाह सुझावलाई आत्मसात गरेर पनौतिको पर्यटन विकासमा लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
नगर प्रमुख न्यौपानेले सब्र वडाहरुलाई वडाको सापेक्षतामा पर्यटन विकास सम्बन्धी योजना बनाउन निर्देशन समेत जारी गरे । ‘सुझाबलाई आत्मसात गर्छौ । हरेक वडाले आफ्नो वडामा पर्यटन बिकासको लागगि योजना बनानुहोस् ।’ उनले भने, ‘अब पनौती नगरपालिकालाई धार्मिक र कृषि पर्यटनमा देशकै नमुना नगर बनाउने छौं ।’
सहभागीहरुले नगर दिनप्रतिदिने फोहोर हुँदै गएको प्रति चिन्ता जाहेर गरेपछि नगर प्रमुख न्यौपानेले कम्तीमा आफ्नो घर अगाडि आफैले सफा राख्न अनुरोध गरे । ‘कम्तीमा हाम्रो घर अगाडि सफा राखौ । सफा राख्ने प्रतिबद्धता जाहेर गरौं ।’ उनले भने, ‘त्यतिमात्र गरेपनि धेरै फोहोर हट्ने छ । जथाभावी फोहोर फाल्नेलाई खबरदारी पनि गरौं न सबै मिलेर ।’
न्यौपानेले कृषि तथा पशुपालन र धार्मिक पर्यटनले पनौती बाँचेको चर्चा गर्दै सार्वजनिक शौचालय निर्माणको लागि जग्गा उपलब्ध नभएकोले निर्माण गर्न नसकेको स्पष्ट पारे । ‘जग्गाको ब्यबस्थापन गर्न नसकेकोले शौचालय निर्माण गर्न सकेको छैन, गएको आर्थिक वर्षमै ३० लाख बजेट बिनियोजन गरेकै होनी ।’
आफूहरु विधिमा हिंडे पनि एकीकृत भावनाको अभावले गर्दा पनौती नगरलाई जुन उचाईमा पु¥याउनुपथ्र्यौ त्यो उचाईमा पु¥याउन नसकेको नगर प्रमुख न्यौपानेको गुनासो थियो ।
त्यसै गरि छलफल कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको योजना सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । ‘पनौतिको चारैतिर पर्यटनको ठूलो सम्भावना छ ।’ उनले भने, ‘पनैतीको पहिचान झल्किनुपर्छ । विश्व सामु चिनाउनुपर्छ । पर्यटन वर्षलाई पनौतिबाट कोशे ढुंगा साबित गराउनुपर्छ ।’
छलफलमा वरिष्ठा प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले दिगो पर्यटन बिकाससँग पनौतीको भविष्य जोडिएकोले भ्रमण वर्षलाई मात्र लक्षित गरेर पर्यटन विकासमा जोड दिन नहुने बताए ।
कार्यक्रममा बल्थली रिसोर्टका प्रतिनिधि रामप्रसाद हुमागाईं, स्थानीय सरस्वती मोक्तान, वडा नं ६ राजेश कुमार कार्की, स्थानीय पुरुषोत्तम कर्माचार्य, राजेन्द्र महार्जन, ट्रेकिङ व्यवसायी अमृत केसि ट्रेकिङ गाइड, शिक्षक उद्धब प्रसाद तिमल्सिना, बुदुर प्रसाद हुमागाईं, राम सुन्दर थापा, गुणनाथ सापकोटा, वडा नं. १० का वडा अध्यक्ष मोहन भण्डारी लगायतले सल्लाह सुझाव दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















