भुम्लु । काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं. ६ मा रहेको जनता माविको व्यवस अध्यक्षमा क्रान्ति लामा (चन्द्रबहादुर लामा) निर्विरोध निर्वाचित भएका छन् । आज (सोमबार) सम्पन्न अभिभावक भेलाले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

भुम्लु गापा शिक्षा शाखा प्रमुख नारायणराज उप्रेतीको संयोजकत्वमा विव्यस गठन भएको थियो । विद्यालय व्यवस्थापन समितिको अन्य सदस्यहरु भरत बहादुर शिवभक्ती, सुजन पहरी, राजकुमार पहरी, श्री राममाया पहरी, सीता माझी कल्पना नेपाली, सदस्य सचीव (प्रधानाध्यापक) रोसन थपलिया रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















