काभ्रे । काठमाडौंको लागि लुक्लाबाट उडेका ८ हेलिकोप्टर मध्य ४ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवरण गरेको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतर गरिएको हो ।

खराब मौसमका कारण काभ्रेमा आकस्मिक रुपमा अवतरण गर्नुपरेको हेलिकोप्टर चालकलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले तेमाल अनलाईनलाई बातए । ८ हेलिकोप्टर मध्य ४ वटा काभ्रेमा र १ वटा सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण भएको एसपी सापकोटाले जानकारी दिए ।

‘८ वटा हेलिकप्टर लुक्काबाट उडेका रहेछन् । खराब मौसमका कारण ल्यान्ड गर्नुपरेको हामीले जानकारी पाएका छौं ।’ सापकोटाले भने । विस्तृत जानकारी लिनका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी खटिसकेको उनले बताए ।

हेलिकोप्टर र हेलिकोप्टरमा सवार सबै जना सकुसल रहेको उनले जानकारी दिए । अवतरण भएका हेलिकोप्टरहरुमा मनाङ एयरको २, सिम्रिक एयरको १ र कैलास एयरको १ रहेका छन् । हेलिकोप्टरमा विदेशी पर्यटकहरु सवार रहेका थिए । मानङ एअरका दुई हेलिकप्टरमा ५ जना विदेशी, सिम्रिक एअरको हेलिकोप्टरमा पाँचजना विदेशी रहेको प्रहरीले जनाएको छ ।

Comments

comments