काभ्रे । लुक्लाबाट काठमाडौंको लागि उडेको हेलिकोप्टर मौसम खराबका कारण काभ्रेमा अवरण भएको सबै हेलिकोप्टर करिब साँढे ९ घण्टापछि काठमाडौं उडेको छ । मङ्गलबार (आज) बिहान ७ बजे काभ्रेको पाँचखालमा अवतरण भएका चार हेलिकप्टर र सिन्धुलीको नेपालथोकमा अवतरण भएका सबै हेलिकोप्टर दिउँसो ४ः३० काठमाडौं उडेको हो ।
लुक्लाबाट काठमाडौ उडेका मनाङ एयरका दुई वटा, सिम्रिक र कैलाश एयरका एक।एक वटा हेलिकप्टर खराब मौसमका कारण काभ्रेमै आकस्मिक अवतरण भएको थियो । पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा तीन वटा पाँचखाल नगरपालिका २ कै हर्सेमा एक वटा हेलिकप्टर अवतरण भएको थियो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार करीब साँढे नौ घण्टापछि चार वटै हेलिकप्टर पाँचखालबाट काठमाडौं उडेको जानकारी दिए । ‘मौसममा केही सुधार आएपछि चार वटै हेलिकप्टर काठमाडौं गएका छन् ।’ तिमल्सिनाले भने ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख एसपी जयराज सापकोटाले पाँच जना सडक मार्गबाट र बाँकी १२ जना यात्रु हेलिकप्टरबाटै काठमाडौं गएको जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।