काभ्रे । अविरल वर्षासँगै काभ्रेको विभिन्न स्थानमा धनजनको क्षति भएको छ । हिजो (मंगलबार)देखि परेको वर्षाले जिल्ला भरि मानविय क्षति देखि यातायात समेत अबरुद्ध भएको छ ।
घर पुरिँदा एक वालकको मृत्यु
अविरल वर्षासँगै बुधबार बिहान करिव ६, ७ बजेतिर आएको पहिरोले पाँचखाल नगरपालिका वडा नं. ४, फेदीका टेक बहादुर लामाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी दिपक गिरीले जानकारी दिए ।

उनका चार वर्षीय छोरा सजन लामाको मृत्यु भएको छ । पहिरोको आएको बेलामा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेको डिएसपी गिरीले बताए ।

घटना घटेको थाहा पाउनसाथ जिल्ला प्रहरी कार्यालय काभ्रे, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा, नेपाल रेडक्रस सोसाईटीका सभापति रविवर चौप्रधान लगायतका व्यक्तिहरु घट्नास्थलमा पुगेका थिए । नगर प्रमुख वाइबाका अनुसार मृतकको तामाङको घर पाँचखालमा परेपनि उनीहरु मण्डनदेउपुर नगरभित्रका हुन् । नगरप्रमुख वाईबाका अनुसार फेदीमा २ वटा किराना पसल उच्च जोखिममा छ ।
खानीखोलामा विद्यालय र घर पुरियो
जिल्लाको खानीखोला गाउँपालिका वडा नं ५ डुम्रेमा रहेको नेत्र ज्योति प्राथमिक विद्यालयको ३ कोठे पक्की भवन पहिरोले पुरेको छ । विद्यालयको दुईवटा भवन मध्ये एउटा भवन पूर्णरुपमा क्षति भएको वडा अध्यक्ष दुर्गा तिमल्सिनाले जानकारी दिए । यसैगरी घरमाथिबाट आएको पहिरोले स्थानीय टेकबहादुर सिङतानको घर पनि पुरिए तिमल्सिनाले बताए ।
मानवीय क्षति नभएपनि घर भित्र रहेको कुनै सामान निकाल्न नपाउदा सिङतानको परिवार समस्यामा परेपछि सिङतानको परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको वडा अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
तेमालमा पनि घर र विद्यालयमा क्षति
अविरल वर्षाका कारण तेमाल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठ समेत घर भत्केकोछ । वडा अध्यक्ष श्रेष्ठका अनुसार उनको दाज्यु टिका बहादुर श्रेष्ठको घर पनि आँगन भत्केपछि उच्च जोखिममा रहेको छ । श्रेष्ठका अनुसार सोही वडाको खानीगाउँको ताराबहादुर राना मगर र दुर्गाबहादुर रानामगरको घर पनि भत्केको छ ।

त्यसैगरि उद्धबबहादुर थपलियाको गोठ भत्किदा भैंसी पुरेपछि स्थानीयको सक्रियतामा जिउँदै निकालेको थियो । सोही वडाका विष्ण्ुाबहादुर नेपालीको घर भत्केर बाख्रा १ वटा मरेको छ । विद्यालय माथिको डिस्को भत्किदा जनचेतना माविको भवनमा क्षेति पुगेको छ भने सोही विद्यालयको लाइब्रेरी भवनको आँगन सबै भत्केर भावन जोखिममा परेको छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार बोहरेदोभन डाँडा गाउँ सडक पनि पूर्ण अबरोध पुगेको छ ।

यसैबीच वडा नं. २ का वडा अध्यक्ष तिमालसिं तामाङका अनुसार वडा नं. २ मा २ वटा घर भत्केको छ भने एक घरमा क्षति पुगेको छ । वडा अध्यक्ष तामाङका अनुसार चुखाका शिरालाल तामाङ र अर्को एक जनाको घर भत्केको छ भने लामा गाउँ निवासी च्याङबा तामाङको घर माथि पहिरो जाँदा रुख ढलेर क्षति पुगेको छ ।
भुम्लुमा पहरी बस्तीको ४५ घर जोखिममा
अविरल वर्षाका कारण काभ्रेको भुम्लु गाउँपालिका वडा नं ६ कोलाँती भुल्लुमा रहेको पहरी वस्ती जोखिममा परेको छ । गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरका अनुसार ४५ घर जोखिममा परेको हो । मध्यपहाडी लोकमार्गका कारणले पहिरो गएपछि गाउँ जोखिममा परेको अध्यक्ष कुँवरले बताए ।
पहिरोले स्थानीय रामबहादुर कँडेल र सुकुकमाया पहरीको घर पुरेको छ । बस्ती जोखिममा परेपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्नेक्रम जारी रहेको स्थानीय लालकाजी पहरीले जानकारी दिएका छन् ।
अरनिको राजमार्ग अबरुद्ध
अविरल वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिरा जाँदा यातायात ठप्प भएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिरोका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो ।  गाउँपालिकाका अध्यक्ष कुँवरको समन्वयमा दोलादघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ खुलाएका थिए ।
विपि राजमार्ग पनि अबरुद्ध
यसैगरी काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत बिपी राजगमागको ल्हासकोट र नार्केमा सडक अबरुद्ध भएको थियो ।
नमोबुद्ध नगरपालिका–५ ल्हासकोटमा सञ्चालित मनकामना एक्रिकेट क्रसर उद्योगले सडकमाथि भित्तामा थुपारेको डस्ट वर्षाका कारण बगेर सडक पुरिएर अवरुद्ध भएको गाउँपालिका अध्यक्ष डिवि मोक्तानले जानकारी दिए । त्यसैगरि अध्यक्ष मोक्तानका अनुसार नार्के किर्दास खार्पाचोक सडकले बगाएको भलका कारण नार्केमा पनि सडक अबरोध भएको थियो ।
अध्यक्ष मोक्तानको समन्वयमा स्थानीय प्रशासन, स्थानीय जनताको पहलमा दुवै ठाउँको अवरोधलाई हटाई यातायात सूचारु भएको छ । ‘डस्ट सडक माथि नथुपार्न बारम्बार भनेपनि क्रसर उद्योगले अटेर गरेको छ ।’ उनले भने, त्यसैको कारण विपी राजमार्गको रोशी खण्डमा वर्षाको बेला सडक अबरुद्ध भएको छ ।
मोक्तानका अनुसार अहिले ल्हास्कोट बेसीमा सम्भावित अबरोधलाई हटाउन एउटा बुल डोजार तयारी अवस्थामा राखेको छ ।
त्यसैगरि यस अघिको वर्षाका कारण रोशी गाउँपालिका भरिको सडक भत्केपछि एक करोड बजेट बिनियोजन गरि सकडम मर्मत गरिएकोमा हिजो र आजको वर्षाका कारण सबै बाटो भत्केको खबर प्राप्त भएको अध्यक्ष मोक्तानले जानकारी दिए । ‘रोशी भरिको बाटो खोलेका थियौं । सबै बगायो भन्ने सुनेको छु । एक करोड बजेट विनियोजन गरेको थियो । बजेट पनि सकियो बाटो पनि सकियो । सारै दुःख लाग्यो ।’ उनले भने ।
चौरीदेउरालीको प्रभा माविमा क्षति
यस्ता कोशिपरिकै चौरी देउराली पनि गत राति देखि परेको अबिरल बर्षाकाका कारण धेरै स्थानमा पहिरो गएको छ । पहोमा परि बिद्यालय तथा घरका बाटोघाटोमा क्षति भएको छ । यस्तै देउरालिकै प्रभा माबि परिसरमा पनि केहि पहिरो गएको र ठुलो क्षति नभएको जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।