बौद्ध, समस्त जगत प्राणीहरुको कल्याण हितको निमित्त बौद्ध तामाङ भवनमा महाकरुणामय आर्य अवलोकितेश्वरको ञ्यूङ्ने मौनब्रत कार्यक्रम हुने भएको छ ।

हिन्दुहरुको महान चाड दशैमा धैरै भन्दा धेरै निर्दोश प्रणीहरुको हत्या हुने भएको हुदा प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा विश्व शान्ती एंव समस्त जगत प्राणीहरुको कल्याण हितको निमित्त धर्मगुरु आचार्य सर्वजित गोङ्बाको प्रमुख आतिथ्यमा तीन दिने मौनब्रत (उपावस) ञ्युङने कार्यक्रमको आयोजना हुने भएको छ । ञ्यूङ्ने मौनब्रत कार्यक्रम यही असोज १९, २० र २१ गते हुन लागिएको सस्थाका अध्यक्ष राजन कुमार तामाङ (सोनाम) ले तेमाल अनलाइनलाई बताएका छन् ।

कार्यक्रम समय तालिका

कार्यक्रम समय तालिका

 

उक्त कार्यक्रम वरिष्ठ समाज सेवी तथा संस्थाका विशिष्ठ सल्लाहकार लाक्पा ठिन्ले शेर्पा (हिमाली कान्छा) को संयोजकमा हुने भएको छ । ञ्यूङ्ने कार्यक्रमको लामा समिति संयोजकमा सस्थाका अध्यक्ष राजन कुमार तामाङ, ब्यपस्थापन संयोजकमा संस्थाका महासचिव रोज बहादुर तामाङ (च्याङ्बा), अर्थिक संयोजकमा कोषध्यक्ष राजु लामा र सचिव संजाली घिसिङ र सोयम सेवाक संयोजकमा केन्द्रिय कार्यसमिति सदस्य रोजिना योञ्जन रहेका छन् ।

ञ्यूङ्ने मौनब्रत कार्यक्रममा बस्ना चाहाना हुने उपासक, उपासिका सम्पूर्ण श्रद्धालु भक्तजनहरुले असोज १२ गते भित्र सस्थाको कार्यलय बौद्ध तामाङ भवनमा तथा ०१–४४८४५५५ मा सम्पर्क गरेर नाम दार्ता गर्न र १८ गते बेलुका ४ बजे सम्पूर्ण श्रद्धालु भक्तजन, उपासक, उपासिकाहरु उपस्थित हुनुभई अपार पुण्य लाभ लिनु हुन संस्थाका उपाध्यक्ष खेल बहादुर लामाले तेमाल अनालइन मर्फत अनुरोध समेत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।