पनौती । काभ्रेको पनौती नगरपालिकाले अपांगता परिचय–पत्र वितरण गरेको छ । आज (विहिबार) एक कार्यक्रमका बीच उनीहरुलाई परिचय–पत्र वितरण गरेको हो ।

संबिधान दिवस पुर्व सन्ध्याको सन्दर्भलाई पारेर नगरपालिकाले अपांगता परिचय–पत्र कार्ड वितरण गरेको जनाएको छ ।
पनौती नगरपालिकाका अनुसार २५ जना अपांगता भएकाहरुलाई उक्त कार्ड वितरण गरिएको हो । कार्ड पाउनेहरुमा पूर्ण असक्त अपांगता भएका १० जना, अति असक्त अपांगता भएका ३ जना, मध्यम अपांगता भएका ११ जना र सामान्य अपांगता भएका १ जना रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।