काठमाडौं । परदेशमा रहेर पनि नेपाली गीतसंगीतमा निक्कै नै अघि बढिरहेकी देशी गोलेले धरानमा २ करोड रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन् । आफ्नै नेतृत्वमा रहेको देशु गोले फाउण्डेशन, नेपाल मार्फत उनले उक्त अक्षयकोष स्थापना गरेकी हुन् ।

धरान–१५ स्थायी घर रहेकी गोले लण्डनमा बस्दै आएकी छिन् । धरान–९ स्थित फ्रेण्डस् गार्डेनमा सांगीतिक कार्यक्रम गर्दै फाउडेशनकी अध्यक्ष गोलेले फाउण्डेशनको उदेश्य, भावि योजना र सामाजिक सेवाको विषयमा फराकिलो ढंगले काम गर्ने बताएकी थिइन ।
उनले यसअघि ६ लाख ३६ हजार रूपैयाँको अक्षयकोष स्थापना गरेकी थिइन । अक्षयकोषले धरान–१५ श्यामचौकस्थित गुम्बामा अध्ययनरत् ३१ जना बालबालिकाहरूको शिक्षामा खर्च गरीएको उनको भनाइ छ ।

उनले लण्डनमा रहेरै विभिन्न गीतको एल्बम समेत बजारमा ल्याएकी छिन् । उनले दिलको राजा, सायद मलाई, तिमीसँग बोल्दैमा जस्ता २ दर्जन गीत गाएर आफूलाई चर्चाको शिखरमा पु¥याएकी छिन् ।
सामाजिक, शैक्षिक क्षेत्रमा केही सकारात्मक कार्य गर्ने उद्देश्यले यो अक्षयकोष स्थापना गरेको गोलले तेमाल अनलाईनलाई बताइन् ।






















