तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको यही सेप्टेम्बर २१ र २२ तारिख हुने अधिवेशन सफल पार्न एनआरएनए दक्षिण कोरियाले अनुरोध गरेको छ ।
एनआरएनए कोरियाले एक विज्ञप्ती जारी गर्दै कोरियामा आइसीसीका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरू, विभिन्न देशहरू अमेरिका, जापान लगायतका नेपाली एनआरएनए प्रतिनिधिहरूको उपस्थिती हुने र कोरियावासी नेपालीहरू पनि सहभागिता जनाइ अधिवेशनलाइ भव्य रुपमा सफल पार्न एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरूङले बिज्ञप्तिमा आग्रह गरेकी छिन् ।
अधिवेशनको उदघाटन सत्र २१ तारिख शनिवार विहान ९ बजे याक्सु स्थित हलमा सुरु हुने र निर्वाचन २२ तारिख विहान ९ बजे देखि जोगेसा हलमा हुने एनआरएनए कोरियाका सचिब केशब थापाले जानकारी दिनुभयो । सचिब थापाले एनआरएनए दक्षिण कोरियाको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको समेत बताउनुभयो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।