रामेछाप । संविधान दिवसको अवसरमा सुनापती गाउँपालिकाको कार्यालय हिलेदेवीमा दिपावली गरिएको छ । चौथो संविधान दिवसको अवसरमा गाउँपालिकाले पाँच वटै वडामा संविधान दिवसमा दिपावली गर्ने निर्णय अनुसार तीन दिन कार्यक्रम गर्ने भएको छ ।
संविधान दिवसको अवसर पारेर गाउँपालिकाको कार्यालयमा झण्डा राखेर सुसजित बनाइएको छ । त्यसैगरी भोली संविधान दिवसको दिन पाँच वटै वडा कार्यालयमा कार्यक्रम गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष धावा लामाले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाभित्रका वडा कार्यालय, स्वास्थ्य कार्यालय र विद्यालयहरुमा नेपालको झण्डा फहराउने काम भएको छ । संविधान कार्यान्वयन गर्ने काममा गाउँपालिकाले विशेष ध्यान दिएको बताउदै संविधानमा व्यवस्था भएको विषयलाई जनता समक्ष पुर्याउने काम भएको पनि अध्यक्ष लामाले बताउनुभयो । रामेछापन्यूजबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















