काभ्रे । प्रदेश ३ का प्रादेशिक सांसद लक्ष्मण लम्सालले अको जनताको मुद्दा गरिबी बिरुद्ध लड्ने रहेको बताएका छन् । मण्डनदेउपुर नगरपालिकाले संविधान दिवस–२०७६ को उपलक्ष्यमा आयोजना गरिएको एक कार्यक्रममा लम्सालले उक्त कुरा बताएका हुन् ।
‘मुलुकमा अब राजनीतिक लडाईंको अन्त्य भएको छ ।’ सांसद लम्सालले ने, ‘गरीबीलाई कसरी अन्त्य गर्ने जनताको आजको मुद्दा यो हो ।’
संविधान जनताको त्याग तपस्या र बलिदानबाट निर्माण भएको बताउँदै लम्सालले संविधानलाई चुनौति दिन कसैले नसक्ने ठोकुवा गरे । ‘यो संविधानलाई कसैले चुनौती दिनै सक्दैन । सजिलोले यो संविधान निर्माण भएको होइन ।’ उनले भने, ‘जताको त्याग, तपस्या र बलिदानबाट बनेको हो यो संविधान ।’
यो संविधान लोकतान्त्रिक रहेको बताउँदै संविधान प्रति अनास्था फैलाउने काम भइरहेको प्रति सबै सजक रहेको बताए ।

Comments

comments