काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाले एक समारोहका बीच संविधान दिवस मनाएको छ । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नाराका साथ नगरले संविधान दिवस मनाएको हो ।

नगरपालिका कार्यालयबाट ¥याली शुरुभई वडा सडक परिक्रमा गरि समारोहमा परिणत भएको थियो । ¥यालीमा प्रदेशिक सांसदद्वय लक्ष्मण लम्साल र बसुन्धारा हुमागाईं, नगर प्रमुख टोकबहादुर वाइबा, उप–प्रमुख निर्मला शाही, विभिन्न वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, नगरका कर्मचारीहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु, स्थानीय जनताको उपस्थिति रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, प्रदेश सांसदद्वय लक्ष्मण लम्साल र बसुन्धारा हुमागाईं, जिल्ला समन्वय समितिका उप–प्रमुख मञ्जु गौतम, नेकपाका नेताद्वय विदुर सापकोटा र रीता ढकाल, नेपाली काँग्रेसका जिल्ला उपसभापति अच्युत पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहलाई सम्बोधन गर्दै सांसद बसुन्धारा हुमागाईंले जनताको चाहना विकासको चाहना भएकोले यस्को परिपूर्ति गर्नुपर्नेमा जोड दिए । ‘जनताले कृषिमा बिकास चाहेको छ । जनताले सडकमा बिकास चाहेको छ ।’ उनले भने, ‘अब जनताको चाहनाको परिपूर्ति गर्नका लागि हामी एकै साथ लागौं ।’

यसैबीच नेकपा काभ्रेकी नेतृ रीता ढकालले आजको दिन हाँसेर आएको नभई धेरै कठिनाईहरु ब्यहोरेर आएको बताईन् । ‘संविधान दिवस मनाइ रहँदा हामी हार्षित भएका छौ । तर आजक दिन हामी हास्दा हास्दा आएको छैन । रुँदा रुँदा आएको छ । कैयौं दिदी बहिनीहरु बलात्कृत भए, कैयौंको काख रित्ति, कैयौंले ज्यान गुमाए ।’ उनले भनिन् । उनले यो संविधान बिगतको भन्दा उत्कृष्ट रहेको ठाकुवा गरिन् ।

त्यसैगरि नेपाली कांग्रेस, काभ्रेका उपसभापति अच्युत पौडेलले नेपाली कांग्रेस संविधानको पक्षमा रहेपनि यो देशको उपप्रधानमन्त्री संविधानको विपक्षमा देखिएकोमा दुःख व्यक्त गरे ।

नेकपाका नेता बिदुर सापकोटाले काँग्रेसले स्वतन्त्र चाहेको हो भने ठीकै भएको तर स्वच्छन्दता चाहेको हो भने त्यो नपाउने स्पष्ट पारे ।

 

त्यसैगरि कार्यक्रमलाई समापन गर्दै नगरप्रमुख टोकबहादुर वाईबाले नेपाली जनताले चाहेको संविधान निर्माण भएकोले अब यहीं संविधानले निर्दिष्ट गरेको कुरामा दृढ भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

Comments

comments