बनेपा । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काभ्रे अन्तरगत रहेको अतिरिक्त कृयाकलाप विभागको आयोजनामा सम्पन्न प्रा.बि. स्तरीय अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता वनेपामा सम्पन्न भएको छ ।
प्रतियोगितामा जिल्ला भर रहेका संस्थागत विद्यालय मध्येबाट २५ वटा विद्यालयका ७५जना विद्यार्थीहरूले भाग लिएका थिए । उक्त प्रतियोगितामा पाँचखाल भ्यालि स्कुल पाँचखाल प्रथम स्थान हासिल गर्न सफल भयो भने विज्डम एकेडमी र ग्रेसल्याण्ड स्कुल साँगा क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए ।
कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष पुर्ण कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सरोज न्यौपाने, उपाध्यक्ष महेन्द्र थिङ, सचिव सुजेन्द्र श्रेष्ठ, सह–सचिव छवि रमण पराजुली लगायत सदस्यहरू युग बहादुर पन्त, रबिन्द्र बुढाथोकिको उपस्थिति रहेका थिए ।
समापन कार्यक्रममा प्रथम, द्वितिय र तृतीय हुन सफल विद्यार्थीहरुलाई प्रमाण पत्र, ट्रफीको साथै सामान्य ज्ञानको पुस्तक समेत दिएको थियो भने विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
अतिरिक्त क्रियाकलाप विभाग संयोजक भरत बहादुर के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने जिल्ला सदस्य मदन सापकोटाले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















