तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित भएका छन् । संघको आइतबार भएको सातौं अधिबेशनको मतदानमा खसेको कुल मत १८१२ मध्येबाट ७९४ मत ल्याएर उनी बिजयी भएका हुन् ।
अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्ष सोम तामाङ, सन्जिब राई, यदु लामिछाने निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्तान र मनोज गौतम बिजयी भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा चन्द्र राना, सह-कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित भएका छन् । महिला संयोजकमा शुभद्रा पालुङ्गवा निबिरोध चयन भएका छन् । युवा संयोजकमा अरूण श्रेष्ठ (इपिएस छिन्गु) निर्वाचित भएका छन् ।
आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भएका छन् भने सदस्यहरु दिनेश चौलागाइ, उमेश पोखरेल, ओम बहादुर कार्की, सुवास चन्द्र चौधरी, अबधेश राज चौरशिया  र बिश्वमणि दाहाल पनि निर्बिरोध चयन भएका हुन् ।
एनआरएनए कोरियाको सातौं राष्ट्रिय महाधिबेशन एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरूङको सभापतित्व र एनआरएन अध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यतामा २१ तारिख उद्घाटन सत्रको कार्यक्रम याक्सु हलमा भएको र  २२ तारिखको निर्वाचन जेगेसा हलमा सम्पन्न भएका हो ।
अधिबेशनमा एनआरएनए कोरियाको आतिथ्यतालाई स्विकार्दै एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र मिडल इस्ट एसि संयोजक आर के शर्मा, अइ.सी.सी. सदस्य जापनका महेश श्रेष्ठ, एनआरएनए जापनका अध्यक्ष देवीलाल भण्डरी, अष्ट्रेलियाका प्रतिनिधी स्वतन्त्र प्रताप शाह लगायतका ब्याक्तित्वहरु एनआरएनए कोरियाको सातौं राष्ट्रिय महाधिबेशन सहभागी भएका थिए ।
नेपालीका लागि नेपाली नारा बोकेर २००३ मा स्थापना भएको एनआरएनएको हालसम्म ८३ देशहरूमा बिस्तार भैसकेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।