बनेपा । बनेपा व्वाईज क्लवको आयोजनामा आजबाट बनेपा महोत्सब–२०७६ शुरु भएको छ । प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले आज (सोमबार) महोत्सवको उद्घाटन गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले समग्र देशमा बालकवालिका माथि भैरहेको घरेलु तथा यौन हिंसालाई निरुत्साहित पार्नका लागि निःशुल्का शिक्षा हुनुपर्ने बताउँदै महिलाहरुको हक हितका लागि महिलाहरुलाई दक्ष र सिपमुलक तालीम तथा शिक्षा दिनु पर्नेमा जोड दिईन् ।

‘प्रदेश ३ मा अहिले हामीले प्रत्येक विद्यालयहरुमा नर्सहरुको व्यवस्थापन गरेको छ । ‘देशका दक्ष युवाहरु विदेश जान्छन तर देशमा भने श्रम गर्न मन्दैनन् ।’ उनले भनिन्, ‘देशका युवाहरुको लागी अब देशमै रोजगारीको व्यवस्थापन गर्ने अहिलेको सरकारले लक्ष्य लिएको छ ।’

‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना भएका महोत्सवमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला हुन बनेपा ब्वाइज क्लबलका अध्यक्ष महेश कुमार कर्मचार्यले बताए ।

उक्त मेलामा कृषि, घरेलु सामग्री लगायत एक सय चौबिस भन्दा बढी व्यापारिक कक्ष रहेको छ । साथै बालबालिकालाई मनोरञ्जनका लागि बालउद्यान र हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहेको कर्माचार्यले बताए ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यलय, कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा एसपी जयराज सापकोटा, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण वैध, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, जनप्रतिनिधिहरु, यतायात व्यवसायीहरु, राजनितिज्ञहरु लगाएतको सहभागीता रहेका थिए ।

महोत्सव आगामी असोज १६ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला