सिन्धुली । नेपाल आदिवासी जनजाति महांसंघ, प्रदेश ३ को प्रथम अधिवेशनले काजीमान थिङ तामाङलाई निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षहरुमा सुमन राई, प्रदिप लिम्बु, जीमी लामा ह्योल्मो, कृषला नगरकोटी पहरी (महिला उपाध्यक्ष), धनबहादुर माझी, मुख्य सचिवमा गोपाल गुरुङ, कोषाध्यक्षमा सूर्यमाया दनवार, सविचहरुमा धनबहादुर भुजेल, भक्तबहादुर हायू, लालबहादुर जिरेललाई सर्वसम्मत निर्णय भएको छ ।
निर्वाचित भएपछि अध्यक्ष थिङले जनजाति आन्दोलनमा सबैलाई एकीकृत बनाएर लाने प्रतिबद्धता जाहेर गरे । साथै उनले महासंघको पहिलो वैठक नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यालय बौद्धमा बस्ने बताए ।
भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।