काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो ।
कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए।
कसको कति जिपिए
नतिजा अनुसार ३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३।२१ देखि ३।६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२, २।८१ देखि ३।२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २५३, २।४१ देखि २।८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६, २।१ देखि २।४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९, १।६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १।२१ देखि १।६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०।८१ देखि १।२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०।८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















