बनेपा । काभ्रेको बनेपामा नौं बर्ष अघि स्थापना भएको क्यापिटल बचत तथा ऋण सहकारी संस्था लि. को नवौं बार्षिक साधारण सभा शुक्रबार संस्थाको कार्यालय परिसारमा सम्पन्न भएको छ ।
संस्थाको सदस्यहरुको विचबाट संस्थाको अध्यक्ष शेर बहादुर तामाङले दिप प्रज्वलन तथा केक काटी संस्थाको नवौ वार्षिक साधारण सभा उदघाटन गरेको थियो । सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको संयोजकबाट संस्थाको आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
नवौै वार्षिक साधारण सभा अर्थात आर्थिक वर्ष ०७५÷७६ सम्म आईपुग्दा संस्थाको शेयर पूँजी रु. ३ करोड ३४ लाख ५८ हजार ४ सय पुगेको सभामा जानकारी दिएको थियो । सदा झैं २०७५ सालको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने सदस्यहरुको छोरा वा छोरी मध्येबाट दुई जनालाई नगद र सम्मान पत्र मार्फत “क्यापिटल शैक्षिक सम्मान–२०७५”बाट सम्मान गरिएको थियो । भने निकट भविष्यमै संस्थाले लघु कर्जा, सेवा केन्द्र स्थापना गर्नेे र शेयर पूँजी ५ करोड पुर्याउने लक्ष्य रहेको संस्थाको नवौं वार्षिक साधारण सभामा बताईएको छ ।
संस्थाले संस्थागत शुसासन र अनुपालनको सन्दर्भमा शुन्य सहनशिलताको नीति अवलम्बन गरिएको छ भने आन्तरिक निर्देशिका बनाई संचालन जोखिम नियन्त्रण समेत गरिरहेको बताईएको छ ।
संस्थाले नियमित बचत, बाल शैक्षिक बचत, नारी सम्बृद्धि बचत, जेष्ठ नागरिक बचत तथा आवधिक बचत लगायतका बचतबाट निक्षेप संकलन गरी व्यक्तिगत कर्जा, आवास कर्जा, सवारी साधन कर्जा, सामाजिक कर्जा, शैक्षिक कर्जा, व्यापारिक कर्जा र गरिवी निबारण कर्जा तथा विप्रेषण सेवा मार्फत सदस्यहरुलाई सेवा प्रदान गरिदै आईरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।