बनेपा । काभ्रे चेम्बर अफ कमर्शको आयोजनामा आइतबार बनेपा–७, गणेशस्थानमा आयोजित आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
चेम्बरको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलो पटक आयोजित आँखा शिविरमा उल्लेख्य रुपमा बिरामीहरु आएका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । श्रेष्ठ नै अध्यक्ष रहेको लायन्स क्लब अफ काठमाडौ टेम्पल चण्डेश्वरीले शिविरका लागि उल्लेख्य सहयोग गरेको हो ।
‘बनेपा शहरभित्रै आँखाको समस्या भएका धेरै जेष्ठ नागरिकहरु हुनुहुँदो रहेछ । उहाँहरुलाई सेवा गर्न पाएकोमा खुशी छौं’, उनले थपे । शिविरमा २ सय ३० जना स्थानीयको आँखा जाँच गरिएको थियो । यीनमा स्कूलका विद्यार्थीहरुदेखि ७० वर्षसम्मका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
‘शिविरकै क्रममा मोतियाबिन्दू समस्या भएका ११ जना बिरामीहरु पहिचान भयो । उहाँहरुको आँखाको शल्यक्रिया अस्पतालले निःशुल्क गरिदिने भएको छ । यसका लागि बनेपा नगरपालिकाले अस्पतालसँग गरेको सम्झौता अनुसार नै शल्यक्रिया हुने व्यवस्था मिलाइएको छ’, लायन्स क्लब अफ काठमाडौ टेम्पल चण्डेश्वरीका सचिव देगमराज शाक्यले भने ।
मध्यपहाडी जिल्लामै उत्कृष्टता हासिल गरेको रेयुकाई मासुनागा आँखा अस्पतालले शिविरका लागि चार जना आँखा रोग विशेषज्ञ र प्राविधिकहरु उपलब्ध गराएको थियो । लायन्स क्लब अफ काठमाडौ टेम्पल चण्डेश्वरी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उल्लेख्य सहयोग रहेको थियो । यस्तै, बनेपा नगरपालिकाको वडा नं ५ का अध्यक्ष बलराम अधिकारी र वडा न ७ का अध्यक्ष वर्ण शाक्यको विशेष सहयोग रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।