काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नागपोखरीस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका हुन्। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा हस्ताक्षर भएको हो।
यसअघि एमाले र माओवादीबीच छुट्टाछुट्टै रुपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहँदै आएको थियो। हस्ताक्षरपछि नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्धको सुरुवात भएको छ। समझदारीपत्रमा हस्ताक्षरपछि दुई पार्टीबीच भाइचारा सम्बन्ध कायम हुने उल्लेख छ।
यसले दुई पक्षीय भ्रमण, विचार, अध्ययनहरुको साथसाथै अन्य आपसी सहयोगरसहकार्यका लागि सहयोगी हुने नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।