काठमाडौं । मासुजन्य वस्तुको प्रचारप्रसारका लागि बनाएको पोस्टरमा नेपालको राष्ट्रिय जनावर गाईको तस्बिर पर्न गएको भन्दै पशु सेवा विभागले माफी मागेको छ।
पशु सेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहर भवन ललितपुरको मोबाइल भ्यानमा प्रचारका लागि राखिएको पोस्टरमा गाइको तस्बिर रहेको छ। विभागले छापेको एउटा पोस्टरमा छपाइमा भएको त्रुटिका कारण गाईको तस्बिर पर्न गएको भन्दै विभागले माफी मागेको हो।
राष्ट्रिय जनावर गाईको तस्विर मासुजन्य पदार्थको प्रचारप्रसारमा सरकारी निकायबाटै प्रयोग गरिएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ।
विभागले भने पशुपन्छीजन्य उत्पादनहरु दुध, मासु, अन्डा, आदिको उत्पादन प्रशोधन तथा उपभोगलाई प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारेको पोस्टरमा भुलबस गाइको तस्बिर पर्न गएको जनाएको छ। उक्त त्रुटि सच्चाइसकेको पनि विभागले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















