सिन्धुली । जिल्लाको सिन्धुली कमलामाई न.पा. वडा न. २ पिपल भन्ज्याङ स्थित बि.पि. राजमार्गमा पिकअप र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मंगलवार बेलुकी ५ बजे काठमाडाँैबाट सिन्धुली तर्फ आउदै गरेको बा.१७.च.८३४६ नं. को पिकअप र बिपरित दिसाबाट जाँदै गरेको ज.१०.प.७३५७ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खांदा दुर्घटना भएको थियो । दुर्घट्नामा परि मोटरसाइकलको पछाडि सवार जिल्ला महोत्तरी बर्दिबास न.पा. २ बस्ने वर्ष २० को सुनिल घतानिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घट्ना पश्चात उपचारको लागि काठमाडौँ तर्फ पठाउदा गोलन्जोर गा.पा ७ स्थित खुर्कोटमा पुग्दा उनको मृत्यु भएको थियो ।
मोटरसाइकल चालक जिल्ला महोत्तरी बर्दिबास न.पा. २ बस्ने बर्ष २१ को सुसिल बि.क.को भने दाहिने हात र खुट्टामा चोट लागेको र उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















