काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ४ मा रहेको सुरसंगी भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडा बस्ने वर्ष ४३ को विरबल तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार सोमबार तामाङ खहरे खोला पसलबाट घर जाने क्रममा घर नजिकै रहेको सुरसंगि भिरबाट अचानक .१ सय मिटर तल खसेका थिए ।
भिरबाट खसेर गम्भिर घाईते भएका तामाङलाई उपचारको लागि शिर मरमोरियल अस्पताल बनेपा ल्याउँदा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

comments