मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको सोम फर्निचर उद्योगबाट स्रोत नखुलेको ठूलो मात्रामा सालको काठ बरामद भएको छ।
डिभिजन वन कार्यालय मकवानपुरकी सहायक वन अधिकृत गायत्री शर्माको नेतृत्वमा गएको गस्ती टोलीले ठूलो मात्रामा काठ बरामद गरेको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौड्यालले बताएका छन्।
जिल्ला वन कार्यालयको टोलीले राती बारा र मकवानपुरको सीमामा राति जंगलमा गस्ती गएको थियो । उक्त टोलीले जंगलबाट केहि मान्छे खालीहात निस्केर हेटौंडा तर्फ आएपश्चात बुधबार विहानै सहायक वन अधिकृत गायत्री शर्माको टोली गस्तिमा निस्केकी थिइन् । उक्त टोलीले काठ फर्निचर उद्योगबाट बरामद गरेको हो ।
बरामद भएको काठ जिल्ला वन कार्यालय मकवानपुरका ल्याइएको कार्यालय प्रमुख पौड्यालले बताएका छन् । काठसहित सोम फर्निचरका एक व्यक्तिलाई पनि वन कार्यालयको टोली नियन्त्रणमा लिएको छ । काठको यत्ति नै परिणाम भने अझै खुल्न सकेको छैन । वन कार्यालयको टोलीले एक ट्याक्टर बरामद गरेता पनि अरू पनि हुन सक्ने अनुमान गरेर खोजी कार्य गरिरहेको प्रमुख पौड्यालले बताएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।