काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया ७६ वटा जिल्लामा टुंगिएपनि काभ्रेमा भने आज टुंगिएको छ । पूर्व एमालेबाट १५ र पूर्व माओवादी केन्द्रबाट २ जना पछि मनोनित गर्ने गरि पार्टीको प्रदेश ३ कमिटिले आज अपूर्ण जिल्ला समितिको नाम सार्वजनिक गरेको हो ।
नेकपा प्रदेश ३ ले जारी गरेको परिपत्र अनुसार बैशाख ९ गते बसेको केन्द्रिय सचिवालयको विशेष परिपत्र–४ अनुसार असोज ६ गतेको प्रदेश कमिटिको पदाधिकारी बैठकले काभ्रेबाट सिफारिस गरिएको नामावली अनुमोदन गरिएको हो ।
प्रदेश कमिटिले अनुमोदन गरिएको नामावलीमा पूूर्व एमालेबाट ६३ जना र पूर्व माओवादी केन्द्रबाट ६५ जनाको नाम समावेश गरिएको छ । ७६ वटा जिल्लामा एकता प्रक्रिया टुंगिएपनि काभ्रेमा भने दुवैतिरको केही विवादका कारण एकता टुंगिन सकेको थिएन ।
दुवैतिरबाट विर्सिए ‘सिनियर’ हरु
साविकका दुवै पार्टीले ‘सिनियर’हरुलाई जिल्ला कमिटिमा अटाउन सकेनन् । जिल्ला समितिमा पार्टीको प्रारम्भिक कमिटिदेखि काम गर्दै आएका ‘सिनियर’हरुलाई अटाउने या एकैचोटी पार्टीको जिल्ला सदस्य खोज्ने नयाँ कार्यकर्ताहरुलाई अटाउने भन्ने विषयमा दुवैतिर बहस थियो । ‘केही नेताहरु आफ्नो ‘गणेश’हरुलाई कसरी पार्ने भन्ने ध्याउन्नमा लागेकै थिए । सफल पनि भयो ।’ एकजना पुरानो कार्यकर्ताले भने, ‘पार्टीमा इतिहास, निरन्तरता, योगदान दिने कार्यकर्ताहरुलाई पाखा लगाएको छ । पार्टी के हो भन्ने थाहा नहुने समेत जिल्ला सदस्य बनाएको छ ।’ पार्टीमा अब पैसावाला, नेताका वरिपरि रमाउने, कम्युनिष्ट नैतिकताको बारेमा थोरै पनि ज्ञान नभएकाहरु जिल्ला सदस्यमा मनोनित गरेको उनको आरोप छ ।
पूर्व एमाले भित्रका क्षेतिय अध्यक्षहरु, पूरानोा नेताहरु यस अघिको सिफारिसमा पनि परेका थिएनन् भने अनुमोदन गरिएको सूचीमा पनि परेका छ्रैनन् । त्यसैगरि पूर्व माओवादी केन्द्रमा पनि झनै आफ्नालाई कसरी अटाउने भन्ने ध्याउन्न मात्र देखिन्छ ।
पूर्व माओवादी केन्द्रबाट पूराना नेतााहरु जेवी आलेमगर, हरि केसी, दुर्गासिं तामाङ, सुदर्शन थापा, जय वाईबा, सरिता दोङ लगायतका नेताहरु अहिले परेनन् । ‘शान्ति प्रक्रियापछि माओवादी बनेका चैत्यहरुको बाहुल्यता माओवादीले सिफारिस गरेको सूचीमा देखियो ।’ एक पुरानो नेताले भने, ‘पार्टीको बफादर कार्यकर्ताहरुलाई पाखा लगाएर पार्टी चल्दैन ।’
नेकपा काभ्रेको अपूर्ण जिल्ला समिति यसतो छः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















