काठमाडौं । विश्वमा शान्ति एवं स्थायित्व कायमसँगै समस्त प्राणी जगतको चिर शान्ति, दिर्घायु एवम् विश्व मानव कल्याण रहोस भन्ने अभिप्रायले बोद्धनाथ स्तुपामा पूजापाठ गरिने भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठी र विभिन्न धार्मिक सामाजिक संघ संस्थाहरूले ऐतिहासिक धर्मिक स्थाल बौद्धनाथ स्तुपा परिसरमा शान्ति दिप प्रज्वलन क्षमा पूजा कार्यक्रम गर्ने भएको हो ।
‘विश्वमा भइरहेको हत्या, हिंसा, द्वन्द्व, लडाइ झै–झगडा, प्राकृतिक प्रकोप, रोग व्यधि, महामारी आदि जस्ता अमानवीय, अप्रिय घटना र अशान्तिलाई विश्वमा शान्ति एवं स्थायित्व कायमसँगै समस्त प्राणी जगतको चिर शान्ति, दिर्घायु एवम् विश्व मानव कल्याण रहोस भन्ने अभिप्रायले यो पूजापाठको आयोजना गरेका हौं ।’ बौद्ध तथा मेलम्ची घ्याङ गुठीका सल्लाहकार मनिष गोङबाले तेमाल अनलाईनलाई बताए ।
गोङबा अनुसार दिप प्रज्वलन कार्यक्रममा २ सय जना धर्म गुरुहरूले पुजापाठ गरिने र परम पूज्य धर्म गुरू रेन्पोछे भूपति बज्र लामा (चिनियाँ लामा)द्वारा धर्मिक प्रबचन गरिने भएको छ ।
कार्यक्रम असोज ११ गते शनिबार दिउँसो ४ बजे शुरू हुने गोङबाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।