काभ्रे । प्रदेश ३ का पद्रेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धता अनुसार नै काम भइरहेको बताएकाछन् । काभ्रेको पाँचखाल नगरपालिका वडा नं १३ कोशिदेखामा रहेको श्री राम माबिले आयोजना गरेको अभिभावक दिवस एवं दशैको शुभकामना आदान प्रदान कार्यक्रमलाई आज शुक्रबार सम्बोधन गर्दै सांसद लम्सालले उक्त कुरा बताएका हुन् ।

‘यहाँको हरेक क्षेत्रहरुमा बिकास निर्माणमा पहलसंगै सहकार्यको लागि भुमिका खेलिरहेका छौं ।’ लम्सालले भने, ‘पलाञ्चोकको बाटो निर्माण, खानेपानी निर्माणसँगै विभिन्न निर्माणको कामहरुमा समेत प्रदेश सरकार मार्फत पहल भइरहेको छ । हामीले बिगतमा निर्वाचनको समयमा जनताको बिचमा गरिएको प्रतिवद्धता अनुसारनै काम गरिरहेका छौं ।’
सांसद लम्सालले बिद्यालय क्षेत्रलाई राम्रो बनाउन र बिद्यार्थी बालवालिकाहरुको शिक्षा क्षेत्रमासुधार र उत्कृष्ट नतिजा निकाल्नको लागि अभिभावकहरुले नजिकबाट नियाल्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उप–प्रमुख मञ्जु गौतमले बिद्यालयमा शैक्षिक उपलब्धि हासिल गर्न राम्रो बातावरण निर्माण गर्नुपर्नेमा जोड् दिँदै समाजमा भइरहेका लैङ्गिक बिभेदलाई समेत अन्त्य गर्न सबैले भुमिका खेल्नुपर्ने बताईन् । ‘शिक्षा मार्फत नै समाजमा भइरहेका बिभिन्न बिभेदहरुलाई अन्त्य गर्न सकिन्छ ।’ गौतमले भनिन् ।

त्यसैगरि कार्यक्रममा बोल्दै प्रवासी नेपाली एकता मंच जापानका नेता हवलचन्द्र लामाले शिक्षा मार्फत नै धेरै बिषयहरुको ज्ञान प्रप्त गर्ने स्थाल भएकाले यस क्षेत्रमा सबैले ध्यान दिनुपर्ने बताए ।
भुम्लुमा जन्मिएर लामो समय जापानमा बसोबास गरिरहेका लामाले बिगतको समयमा लामो बाटो हिडेर अधययन गर्नुपरेको कुरालाई स्मरण गर्दै अहिलेको भाई बहिनीहरुले बिद्यालय तहमा धेरै संघर्ष गरेर अध्ययानमा जोड्दिएमा सफल हुने र भविष्यमा जिम्मेवार भएर काम गर्ने क्षमतावन ब्यक्ति बन्न सक्ने भएकाले बिद्यालय तहमा राम्रोसंग अध्ययन गर्नुपर्नेमा जोड् दिए ।
कार्यक्रममा बिद्यालयको प्रअ राजमान तामाङले विद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गरिएका थिए । दुई सय ९४ बिद्यार्थीहरु अध्ययनरत रहेको बिद्यालयमा भौतीकरुपमा सुरक्षा र बिद्यार्थीहरु शान्तिपुर्वक अध्ययन गर्ने बातावरण रहेको प्रअ तामाङले जानकारी दिए ।  निकट भबिष्यमा आइसिटी कक्षा समेत संचालनको लागि पहल भइरहेको र हाल बिद्यार्थीहरुले बिभिन्न तहहरुमा राम्रो नतिजा ल्याउन सफल भएको समेत जानकारी गराए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मन्जु गौतम, प्रवासी नेपाली एकता मंच, जापानका नेता एवं तामाङ सामाज जापानको सस्थापक अध्यक्ष हवलचन्द्र लामा, वडा सदस्य गिता थापामगर, बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मंगलकुमारी थापामगर, प्रअ राजमान तामाङ, अभिभावक संघको अध्यक्ष चन्द्रकुमारी थापामगर, समाजसेवी लेखनाथ श्रेष्ठ लगायतका महानुभवहरु अतिथि रहेका थिए ।
साथै कार्यक्रममा बिद्यार्थीहरुले साँकृतिक कार्यक्रम तथा दशै केन्द्रित नाटक समेत प्रस्तुत गरिएका थिए । उक्त अवसरमा बिद्यालयले उत्कृष्ट अभिभावकहरुलाई सम्मान गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।