पाँचखाल । प्रदेश ३ का प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले पाँचखाल नगरपालिका वडा नं १३ कोशिदेखाका पहिरो पिडित नारायणदेबि श्रेष्ठलाई राहत बितरण गरेका छन् । सांसद लम्सालले आज शुक्रबार सोही वडामा रहेको श्री राम माबिले आयोजना गरेको अभिभावक दिवस एवं दशैको शुभकामना आदान प्रदान कार्यक्रममा पहिरो पिडित श्रेष्ठलाई राहत हस्तान्तरण गरेका हुन् ।
प्रदेश सांसद लक्ष्मण लम्सालको पहलमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबाट उपलब्ध राहत बितरण गरिएको थियो । कार्यक्रममै प्रदेश सांसद लम्साल र प्रवासी नेपाली एकता मंच, जापानका नेता एवं तामाङ सामाज जापानको सस्थापक अध्यक्ष हवलचन्द्र लामाले पहिरो पिडितलाई नगद पाँच–पाँच हजार रुपैया बितरण गरिएका थिए ।
त्यसैगरि पहिरो पिडित श्रेष्ठलाई बिद्यालयको तर्फबाट बिद्यालय ब्यवस्थापन समितिले १५ हजार, शिक्षकहरुबाट १९ हजार ६ सय १५, बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाट १ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । असोज ७ गते दिउँसो परेको अविरल वर्षाका कारण श्रेष्ठको घर पहिरोले पुरै बगाएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।