काभ्रे । नेपाल प्रहरीको ६४ औं प्रहरी दिवसको उपलक्ष्यमा काभ्रेको नमोबद्ध नगरपालिका वडा नं. ४ मा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नमोबुद्ध नगरपालिका वडा नं. ४ स्थित जनक माध्यमिक बिद्यालयमा आज (शुक्रबार) उक्त शिविर सञ्चालन गरेको हो ।
६४ औं प्रहरी दिबसको अबसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी अस्पताल माहाराजगंज काठमाडौं, नमोबुद्ध नगरपालिका र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको थियो । शिविरमा डा.प्र.ना.म.नि. मिनराज पाठक र नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टंक प्रसाद तिमल्सिना र जिल्ला प्रहरी कार्यालय, काभ्रेका कार्यलय प्रमुख प्र.उ. जयराज सापकोटाको उपस्थितिमा उक्त बृहत निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमा नेपाल प्रहरी अस्पताल बाट ८० जना डाक्टर, नर्सहरुको सहयोगमा ९ सय ६ जना सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परिक्षण, औषधी बितरण गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















