तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ८ डुङेटार निवासी सुरज मगर भर्खर १५ वर्षको भए । भरखरैको कलिलो उमेरमा विगत १० महिना अघिदेखि उनी मृगौला पिडित भएका छन् ।
उनको दुबै मृगौला काम नलाग्ने भएको छ । दुवै मृगौला फेल भएको डाक्टरको रिपोर्ट आएपछि उपचार खर्च अभावका कारण उनको उपचारमा अब जटिलता थपेको छ ।
आफ्नो भरखरै १५ वर्ष भएका छोराको यो हालत देखेर उनी निरास छन् । उपचार गर्ने खर्चको अभावमा उनले छोराको आशा मार्ने स्थितिमा पुगेको छ । सुरजका बुबा मानबहादुर छोरा बचाउन सकिन्छ भन्ने झिनो आसा बोकेर हिंडिरहेका छन् तर आफ्नो सबै सम्पत्ति सकिए पनि उनको उपचार नहुँदा आशाको त्यान्द्रौ नै चुँडेको महासुस गरिरहेका छन् उनी ।
‘मेरो छोरालाई लागेको रोग किन मलाई लागेन, मेरो भाविष्यको साहरा हुन् उनी ।’ रुँदै मानबहादुरले भने, ‘मसँग भएको सबै सम्पत्ति सकि सक्यो तर छोरोको उपचार आर्थिक अभावकै कारणले रोकिने भयो ।’
सुरजको उपचार करिब १० महिना अगाडि देखि काठमाडौंको भेनस अस्पताल बानेश्वरमा गरिदै आइरहेको छ । उपचारको क्रममा भए भरको जेथा सकिएको उनको बुबा मानबहादुर बताउँछन् ।
आफ्नो उपचारको क्रममा बुबासँग भएको सबै सम्पत्ति सकिएको कुरा सुरजलाई पनि थाहा छ । उनले पनि आफ्नो जीवनको आशा अब नगरेको बताउँछन् । आँखाभरि आँशु पार्दै सुरले आर्थिक सहयोग जुटे आफू बाँचिन्छ कि भन्ने आशा गरेको बताए । ‘म मेरो बुबा र आमा अनि समाजको लागि बाँच्न चाहन्छु । तर सबै सम्पत्ति सकियो मेरो उपचार हुन नसक्ने अवस्थामा छ ।’ उनले भने, ‘मलाई कहिंकतैबाट आर्थिक सहयोग पाए बाँच्ने थिएँ । यो संसारमा अमर त कोही हुन्न तर सहयोग पाएमा यो सानै उमेरमा मैले मर्नुपर्ने थिएन कि ?’
सुरजले देश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईहरुसँग आर्थिक सहयोगको याचना गरेका छन् । ‘मलाई सहयोग गर्नुहोस्, मेरो जीवन बचाईदिनुहोस् ।’ तेमाल अनलाईन मार्फत उनले भने, ‘तपाईको मिडिया मार्फत म सबैमा अनुरोध गर्न चाहन्छु । तपाईंको सहयोगले म तपाईंसँगै जीउन चाहन्छु ।’
पीडितका परिवारजन र आफन्तले उपचारमा सहयोग जुटाउने पहल गरिदिन पत्रकारहरुसँग आग्रह गरे ।
सुरजका बुबा मानबहादुरका अनुसार अस्पतालले उनको उपचारको लागि करिब २२ लाख रुपैयाँ पैसा जरुरी परेको बताएका छन् । सुरजको परिवारको आर्थिक अवस्था निक्कै नै कमजोर भएकाले परिवारले यतिको रकम जुटाउन असम्भव भएको मानबहादुरले बताए । ‘सम्पत्तिका नाममा गाउँ घरमा थोरै जग्गा छ त्यसको मुल्य निक्कै नै थोरै छ । त्यो बेचेर उपचार गर्न पनि अहिले तत्कालका लागि असम्भाव छ किनभने भन्ने बित्तिकै जग्गा किन्ने मान्छे कहाँ पाउनु ?’ मानबहादुरले भने, ‘हालसम्म उपचारका लागि ७ लाख खर्च भइसकेको छ ।’
सुरजको मृगौला डाइलोसिस सातामा २ पटक गर्नु पर्छ । डाइलोसिस गर्दा सातामा १० हजार रुपैयाँ खर्च भइरहेको छ । उनले भने, ‘सधैं डाइलोसिस गरिरहन पनि भएन, भएभरको रकम अहिलेसम्मकै उपचारमा सकिसक्यो ।’ जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएको उनले जनाए ।
हो साँच्चै, एउटा कलकलाउँदो उमेरका सुरज बाँच्न र बचाउन सके देश, समाजको लागि उनले पनि केही योगदान गर्न सक्छन् । त्यसैले सहयोग गर्न सके सबैभन्दा ठूलो धर्म नै सहयोग हो ।
पिडितलाई सहयोग गर्नका लागिः
पीडित मगरको परिवारको आर्थिक अवस्था दयनीय भएकाले उनको जीवन बचाइदिन देश–विदेशका आफन्तजन, इष्टमित्र र सहयोगी मन हुनेहरूले बंैक खानतामा जम्मा गर्न सक्नुहुने छ ।
आर्थिक सहयोगका लागि माछापुच्छ्रे बैङ्क बनेपा शाखामा रहेको बिरामी सुरज मगरको खाता नम्बर २०५९५२४५९०९२१०१२ र बिरामीको मोबाईल नम्बर ९८२३८०२९०६, बिरामीको दाइ राजु मगरको ९८०३५१५४४३ र बिरामीको काका गोबिन्द मगरको ९८५११४३९३० मा सम्पर्क गरि आर्थिक सहयोग गर्न सक्नुहुने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















