काठमाडैं । तामाङ डाजाङकाे १० औं अधिवेशनले साहित्यकारलाई अध्यक्षमा निर्वाचित गरेको छ । बम्जनले २० मत ल्याएर बिजयी भएका हुन ।
अधिवेशनमा नेत्र तामाङ र बम्जन बीच प्रतिष्पर्धा भएकाे थियाे । नेत्र तामाङले ७ भाेट ल्याएका थिए, भने बम्जनले २० भाेट ल्याएका थिए ।
कार्यसमितकाे उपाध्यक्ष, काेषाध्यक्ष, सचिव लगायत सदस्यहरू भने सर्वसहमतिमा चयन भएकाे छ ।
डाजाङले गत भदाैं २८ गते नेपाल तामाङ घेदुङकाे हलमा गरेकाे अधिवेशन स्थगित गरेकाे थियाे । अधिवेशन सहमतिमा अघि कार्य समिति चयन गर्न गाह्राे भएपछि असाेज ११ गतेकाे लागि मिति तय गरेकाे थियाे ।

अधिवेशनले उपाध्यक्षमा मनिकलाल घिसिङ, सचिवमा निकिता तामाङ, काेषाध्यक्ष फूलमाया तामाङ (प्रयत्ना), सह-सचिवमा सम्देन दाेङ तामाङ निरबिराेध निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा इश्वर थाेकर तामाङ, मानकाजी तामाङ, स्वयंवर सिंह तामाङ,दम्चे दाेर्जे लामा, तेजबहादुर तामाङ, शान्ति तामाङ, कविराज तामाङ,रचना माेक्तान तामाङ, हिरामाया घिसिङ, हिरामाया घिसिङ (कुसुम), वाङछु पासाङ तामाङ लगायत रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।