चितवन । अज्ञात समूहको आक्रमणबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञात समूहले कुटपिट गरेका थिए । शाहीले आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै आएका थिए ।
प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका थिए । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।
‘नेपालका लागि नेपाली’ अभियानका शाहीमाथि निर्घात कुटपित भएपछि उनलाई प्रहरीले उद्दार गरेको थियो ।
अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ ।
चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पनि नियन्त्रणमा लिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।