बनेपा । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आफू कक्षाको पहिलो विद्यार्थी भएपनि फेल हुनुको रहस्या खोलेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बाँस्कोटाले उक्त रहस्य खोलेका हुन् ।
यस्तो रहेछ फेल हुनुको रहस्यः
म कक्षाको फास्ट ब्वाई कक्षा १ देखि ९ कक्षासम्म । तर म एसएलसीमा फेल भएँ । अचम्म मलाई त्यो लाग्यो । यसरी फेल भएँ कि जाँच दिन गएको विद्यार्थी यतिकै उभ्याको उभ्याइ पा¥यो मलाई ।
चीट चोरेको पनि छैन केही पनि छैन । उभ्याएको छ उभ्याएको छ । तीन घण्टाको समय थियो । गणितको दिन उभ्याइदियो डेढ घण्टा, साइन्सको दिन उभ्याइ दियो डेढ घण्टा, व्यवसायिक कृषि विषयमा पनि उभ्याएको छ ।
‘किन उभ्याएको’ भन्छु, ‘उभिराख’ मात्र भन्छ । न कसैको फर्केर हेरेको छ न के गरेको छ । यसरी फेल भयो या बनाइयो, म छक्कै परें र म निरास भएँ । त्यसपछि मैले माधव सर सितै सम्पर्क गरें । उहाँ पनि चिन्तित हुनुभयो । ‘यो त हुनै नसक्ने कुरा हो’ भन्नुभयो । अब पढ्न त जानुप¥यो नि । त्यतिखेर २ वटा विषय लाग्यो भने दिन पाउँथ्यो, ३ वटा विषय लागेपछि सातै वटा विषयको परिक्षा दिनुपर्ने थियो ।
मान्छे त चौपट हुने भयो नि । म निरास थिएँ । माधव सरले ‘तिमी नजानेर फेल भएको होइन, षड्यन्त्र गरेर फेल भएको हो । संगठनकै काम दृढ्ता पूर्वक गर’ भन्नु भयो ।
एक जना रानामगर डिएसपी थियो । एकदमै रातो रातो खालको, मोटो । केन्द्राध्यक्षलाई सोधें ‘मलाई किन उभ्याएको सर ?’ ‘मलाई थाहा छैन, आदेश यहीं छ’ भने । कसैलाई थाहा छैन, कि किन उभ्याएको हो । कुनै गल्ती गर्नुप¥यो नि उभ्याउने । आखिरमा उनीहरुलाई थाहा थियो कि म को हुँ भनेर ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले नीजि विद्यालयमा नेताहरुले लगानी गर्न पाउने कि नपाउने ? बहस चलाउन शिक्षक नेताहरुलाई अनुरोध गरे । शुभकामना आदानप्रदान कार्यक्रम जिल्लाका शिक्षकहरुको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















