काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकारलाई न्यूनतम पारिश्रमिक जस्ले दिंदै त्यहाँ गएर धर्ना बस्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ काभ्रेको भवन उद्घाटन तथा हिन्दुहरुको महान पर्व वडा दशैंको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त आग्रह गरेका हुन् ।
‘महासंघले पत्रकारको न्युनतम पारिश्रमिकको माग राख्यो, सरकारले पूरा गरिदिए । पारिश्रमिक बढाईदिनु प¥यो भन्यो बढाईदिएँ ।’ मन्त्री बाँस्कोटाले भने, ‘अनुगमन गरौं न । नेपाल सरकारको स्वामित्वमा हुने सञ्चामाध्यमहरुले देएकै छ । गोरखापत्र, रेडियो, रासस सबै दिएकै छ । को–कोले दिएन त्यहाँ गएर धर्ना बस्नुहोस् त अनि धन्यवाद दिन्छु महासंघलाई ।’बाँस्कोटाले सन्चार नभै संसार छैन भन्दै सकारात्मक तर उथलपुथल बनाउन सबैलाई शुभकामना व्यक्त गरे ।

त्यसैगरि शुभकामना मन्तव्य राख्दै प्रतिनिधि सभास सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले आफू तत्कालिन जिल्ला विकास समितिमा दलिय संयन्त्रको सदस्य भएको बेला महासंघको कार्यालय निर्माणको लागि बजेट विनियोजन गरेको स्मरण गर्दै उद्घाटसम्म पनि सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य सांसदहरु रत्न ढकाल, चन्द्र लामा, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, नगरपालिकाका प्रमुखहरु, उपप्रमुखहरु तथा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।