तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । गायिका सोनाम दोङ्बा ह्योल्मोको “परदेशी छोरी” म्युजिक भिडियो शुक्रबार युट्यूब च्यानलमार्फत सार्बजनिक भएको छ ।
दक्षिण कोरियामा रोजगारी गरिरहेकी मिठो सुरिलो स्वरकी धनि, उनी कोरियामा क्रियाशील सञ्चारकर्मी पनि हुन् ।
उक्त म्युजिक भिडियो गायक तथा संगितकार आशुसेन लामाको शब्द र संगीत, प्रदिन्द्र राइको एरेन्ज र सुमन खड्काको मिक्सिङमा बनेको छ । भिडियोमा उत्सब दाहालको छायांकन, सम्पादनमा बिकास दाहाल र युबराज वाईबाको निर्देशन रहेको छ ।
भिडियोमा छोरीको भुमिकमा चर्चित नायिका तथा मोडल वर्षा थिङ रहेको छभने आमा र बाबा को भुमिकमा श्याम राई र डोमा ह्योल्मो रहेका छन् । उक्त गीत निक्कै नै मर्मिक छोरीको दुखा पीडालाई समेटिएको छ ।
भिडियोको अन्तमा छोरी परदेशबाट चर्चित सञ्चारकर्मी रबि लामिछानेले प्रवासमा अलपत्र चेलीभेटी उद्धार गरेको कथा बस्तुमा निर्माण गरिएको छ ।
यस गीतको भिडियो OSR Digital युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो ।
भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला…
https://www.youtube.com/watch?v=XQvovXZXdA4
























