मलेसिया । बैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली आदिवासी जनजातिहरु संगठीत भएका छन् । सोही क्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको भेला (आइतबार) आज सम्पन्न भएको छ ।
भेलाले अध्यक्षमा किराँत याक्थुङ चुम्लुङका प्रतिनिधि बिपिन राईलाई चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रवासी थारु सेवा समाज मलेसियाको संस्थापक संरक्षक घनश्याम चौधरी (आरएन थारु), उपाध्यक्षमा तामाङ घेदुङ मलेसियाका प्रमुख सल्लाहकार फुर्वा दोर्जे मोक्तान तामाङ, कोषाध्यक्षमा नेपाल मगर संघ मलेसियाका केन्द्रीय सदस्य वीर बहादुर सारु मगर सह–कोष अध्यक्षमा माझी समाज मलेसियाका अध्यक्ष चन्द्र माझी चयन भएका छन् ।
भेलामा नवनिर्वाचित अध्यक्ष विपिन राईले महासंघको कोषमा व्यक्तिगतरुपमा मलेसियन रिङ्गेट ५ हजार र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लाई आरएम ५ सय सहयोग गर्ने घोषणा गरेका छन् ।
राईले मलेसियामा रहेका जातिय संघसंस्थाहरुलाई समेटेर बृहत अन्तरक्रिया कार्यक्रम गर्ने, महासंघको कार्यालय स्थापना गरि विभिन्न जातिय पहिचान झल्काउने मैलिक भेषभूषा साथै लोपोन्मुख सामाग्री राख्ने, नेपाली राजदुतावास मलेसियासँग समन्वय गर्दै महासंघलाई अगाडि लैजाने प्रतिबद्धता जाहेर गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।