काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी चालकहरुलाई सम्मान तथा सुरक्षित यात्राको कामना गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “सडक सभ्यता हाम्रो चाहना, सुरक्षीत यात्राको सबैमा शुभकामना कार्यक्रम“ अन्तर्गत चालकहरुलाई सम्मान गरेको हो ।
सोमबार बनेपा नगरपालिका वडा नं. ८ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रे अगाडि जिल्ला प्रहरी कार्यालय, काभ्रका प्रमुख प्र.उ. जयराज सापकोटाले उक्त कार्यक्रमको सुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा सिनियर, जुनियर प्रहरी अधिकृत तथा जवानहरु, ट्राफिक प्रहरीहरु, मजदुर संघ संघठनका प्रमुख तथा पदाधिकारी सहभागी थिए । उक्त कार्यक्रममा ५० वटा सवारी चालक, सहचालक लगायत १४ सय जनाको सहभागिता रहेका थिए । सो कार्यक्रम अन्तर्गत प्रहरीले लामो तथा छोटो दुरीका सवारी चालक हरुलाई खादा ,फुलको माला तथा अबिरको टिका लगाई सुरक्षीत यात्राको साथै बडा दशै २०७६ को शुभकामना समेत आदानप्रदान गरेका थिए ।
यो कार्यक्रम केहिदिन निरन्तरता दिईने जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डिएसपी दिपक गिरीले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।