काठमाडौं । यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराप्रति आक्रामक अभिव्यक्ति दिएर चर्चामा आएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्गप्रति सभामुख महरा पुत्र निर्मल महरा ‘एटम’ले कडा प्रतिक्रिया दिएका छन् । महरा पुत्र एटमले नेम्वाङ्गलाई ‘कति छिटो आँ गरेर बसेको रु’ भनि प्रश्नसमेत गरेका छन् ।
पत्रकारसँगको कुराकानीमा नेम्वाङ्गले सभामुख महरालाई अब नेकपाले चिन्दैन भन्ने अभिव्यक्ति दिएका थिए । मंगलबार महरा प्रकरण बारे बोल्दै नेम्बाङ्गले भनेका छन्, ‘उहाँलाई अब नेकपा संसदीय दलले सांसदका रुपमा चिन्दैन । उहाँ संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी हुन पाउनु हुने छैन् ।’

यौन दुराचारको आरोप लागेको तर पुष्टि नभईसकेको अवस्थामा महराप्रति नेकपा नेतासमेत रहेका नेम्वाङ्गले नचिन्ने प्रतिक्रिया दिएपछि महरा पुत्र आक्रोशित बनेका हुन् । सभामुख पदप्रति लालायितसमेत देखिएका नेम्वाङ्गको प्रतिक्रिया प्रति महरा पुत्रले पदको निमित्त कति आतुर भनि प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नेम्बाङ्गको अभिव्यक्ति प्रति कडा प्रतिक्रिया दिँदै एटमले लेखेका छन्, ‘कति छिटो “आ” गरेर बसेको रु कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षडयन्त्र केलाई बुझ्ने ?’
महरा पुत्र एटमले आफ्ना बाबुले नैतिकताको आधारमा राजीनामा दिएको भन्दै तुरुन्तै आँ नगर्न पनि सुझाव दिएका छन् । उनले आरोप प्रमाणीत हुने समयसम्म धैर्य रहन पनि नेम्बाङ्गलाई सुझाएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















