नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ३ स्थित भेंडाबारीबाट आजबाट काठमाडौं रत्नपार्कसम्म बस सञ्चालन शुभारम्भ भएको छ । नमोबुद्ध भकुण्डे यातायात सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त रुटको विभिवत रुपमा आज नमोबुद्ध नगर प्रमुख टिपी शर्माले उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै नगर प्रमुख शर्माले जनतालाई अधिकतम सुविधा दिने लक्ष्य नगरको रहेकोले यातायात सञ्चालनमो नगरको सधैं साथ र सहयोग रहने बताउँदै सञ्चालन सफलताको शुभकामना व्यक्त गरे ।

हालको लागि एक वटा मात्र बस सञ्चालनमा आएको छ । यो गाडी भेंडाबारी, चरुवा, भकुण्डे बनेपा हुँदै काठमाडौं रत्नपर्कमा पुग्ने सञ्चालक भिमान लामाले जानकारी दिए ।
‘अहिले एउटा गाडी चलिरहेको छ ।’ लामाले भने, ‘२० देखि २५ वटा गाडी नमोबुद्ध भरिबाट रुट बनाएर चल्ने लक्ष्य राखेकाछौं । अहिले सञ्चालनमा आएको गाडी ३२ सिटको रहेको छ । यातायात सञ्चालनसँगै नमोबुद्ध नगरपालिकाका २ र ३ वडाका जनताले सुविधान पाउने भएको छ ।

उद्घाटन कार्यक्रममा नमोबुद्ध नगरपालिकाका शिक्षा शाखा प्रमुख जनार्दजन रिजाल, ग्रामिण पाठशाला एजुकेशन फाउन्डेशन काभ्रेका संस्थापक प्रिन्सिपल विदुर भण्डारी, नमोबुद्ध भकुण्डे यातायात सेवा प्रालिका अध्यक्ष भिमान लामा, कोषाध्यक्ष कुलमान तामाङ, सचिव लक्ष्मण श्रेष्ठ र समाजसेवी कुमार लामाको विशेष उपस्थिति रहेको थियो ।
दशैंका मुखैमा गाडी सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















