रामेछाप । जिल्लाको दोरम्बा गाउँपापलिका–५ मा एक छ बर्षिय नाबालिकालाई बलात्कार गर्नेलाई जिल्ला प्रहरी कार्यालय, रामेछापले रातभर जिल्लाको सबै नाका सिज गरेर बलात्कारी पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको घटना थाहा पाएलगत्तै सोमवार राती परिवारका सदस्यले प्रहरीलाई खबर गरेपछि जिल्लाका सबै नाका सिज गरेर पक्राउ गरेको हो ।
पीडितले जानकारी गराएसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको सबै नाकामा पचास जना भन्दा बढी प्रहरी परिचालन गरेको थियो । बलात्कारीले प्रहरीको आँखा छलेर भाग्ने क्रममा गाल्वा बजारबाट प्रक्राउ गरेको छ ।
प्रहरीले दोरम्बा गाउँपालिका–५ का १७ बर्षिय अर्जुन थापा मगरलाई पक्राउ गरेको हो । थापाबाट बलात्कृत भएकी छ बर्षिय बालिका उनका नातेदार समेत भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पीडित परिवारले दिएको किटानी जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रमुख सन्तोष भट्टराईका अनुसार घटनाको बारेमा जानकारी गराएसँगै नाका नाकामा प्रहरी परिचालन गरेकै कारण थापा भाग्न सकेनन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















