महाभारत । अविरल वर्षाका कारण अबरुद्ध भएको भएका काभ्रेको महाभारत गाउँपालिकाका मुख्य सबै सडक मर्मत सम्पन्न भएको छ । सडक मर्मत भएपछि नेपाली दिन्दुहरुको महान पर्व वडा दशैंमा घर जानका लागि स्थानीयलाई सहज भएको छ ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार)का अनुसार गाउँबासीलाई वडा दशैंमा घर जान कठिन भइरहेको बेला गाउँपालिकाले दिन रात काम गरेर सडक मर्मत सम्पन्न गरेको हो । ‘वर्षात नरोकेको कारण सडक मर्मतमा धेरै समस्या आएको थियो । मर्मत नै हुन सक्दैन कि भन्ने चिन्ता थियो ।’ गाउँपालिका अध्यक्ष जिम्बाले भने, ‘अब जनतालाई घर जान ढुक्क बनाइदिएको छु ।’
गाउँपालिका भित्रका सहायक बाटोहरु मर्मत गर्न नसक्दा भने अध्यक्ष जिम्बाले दुःख व्यक्त गरे । ‘वर्षात अलि लम्बेको कारण टोल टोल र गाउँ गाउँ जाने बाटो मर्मत गर्न सकेनौं ।’ उनले भने, ‘सबै बाटो मर्मत गर्न नसक्दा दुःख लागेको छ । दशैं पछाडि सबै सडकको मर्मत सम्पन्न गर्नेछौं ।’
मर्मत भएका सडकहरु कुन–कुनः
१. सिपाली–बुढाखानी–तीन खुट्टे सडक ।
२. रजबास–भूमिचुली–किल्ला सडक ।
३. राङचा–बन्खु–गोकुलेधाप सडक ।
४. सिखरआम्बोटे–साँझकोट–ताराखस्योलेक–गोकुले सडक ।
५. मंगलटार–सोाल भञ्ज्याङ–किल्ला सडक ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।