यतिबेला त सञ्चार जगत नै सभामुख प्रकरणले गर्माएको छ । नेकपाका जिम्मेवार हुन् या फेसबुके युवा नेताहरु सभामुख वा महरा प्रकरण ढाकछोपमा मरिमेटेर लागेको देख्दा मलाई सरम लागेर आयो । आफ्नो नेताले गलत गरे पनि सही छ भन्ने अनि अरूले सही गरे पनि गलत भन्ने नेपाली राजनीतिक प्रवृत्तिलाई नेकपाका साथीहरुले हटाउनै पर्दछ ।
वास्तवमा भन्ने हो भने नेपाली राजनीतिमा सांस्कृतिक विचलन आउनुको पछाडि अन्धभक्त कार्यकर्ताहरु पनि कारक हुन् भन्न सकिन्छ । सभामुख महोदय निर्दोष होलान्, आरोप लागेपश्चात् छानविन होला, निष्कर्ष आउँला तर छानविन त गर्न पाउनु पर्छ कि पर्दैन र?
नेकपाका साथीहरुले यति कुरा हिम्मत राखेर भन्नसक्नुपर्छ नै ( यदि महरा दोषी नै हो भने उनले कानुन बमोजिम सजाय पाउनु पर्छ र महराले पनि आफू निर्दोष हो भने निस्सर्त प्रहरी प्रशासन र सम्बन्धित निकायमा गई छानबिनमा पक्कै सहयोग पुर्याउनु पर्छ भन्ने मलाई लाग्छ ।
कोही कसैले कृष्णबहादुर महराको राजनीतिक जीवन समाप्त पार्ने हिसाबले राजनीतिक चालबाजी गरेको पनि हुनसक्छ, तर सार्वजनिक भएका भिडियोहरु हेर्दा घामजस्तै छर्लङ्ग छ पक्कै कहि न कतै महराको पनि संलग्नता छ । यदि कमरेड महराको त्यस घटनामा संलग्नता छैन भने ति महिला जाहेरी दिन तयार नहुनुको पछाडि पनि छुट्टै रहस्य छ ।
आरोप लागिसकेको अवस्थामा कुनै महिलाले पछिल्लो पटक बयान फेरेर होइन भनिरहँदा आम नेपाली जनताले विश्वास नै गर्ने ठाउँ कहाँनेर छ रु त्यो भाइबर म्यासेज के हो रु सभामुखले यहाँनेर आफ्नो नैतिकतालाई चटक्कै बिर्सेजस्तो देखिन्छ । र सामाजिक सञ्जालमा सभामुख महोदयको नम्बरबाट पटक ( पटक महिलाको मोबाइलमा आएको फोन के हो ?
सच्चा कम्युनिष्ट पार्टीको महान् नेता, संघीय संसदको सम्मानित सभामुख भएको व्यक्तिले अलिकति आफ्नो पदिय मर्यादा तथा नैतिकताको ख्याल गर्नु पर्दैन रु साँच्चै महराले आफूलाई निर्दोष नै देखाउने हो भने ति महिलाले जाहेरी दिन नमानिरहेको क्षणमै मानहानीको मुद्दा अगाडि बढाउन सक्थे, अझै समय छ, के त्यो आँट महराजीसँग छ ?
१७ हजार नेपाली जनताको बलिदानी तरुनीसँग मोजमस्ती गर्नै गरिएको थियो त रु हिजो जनयुद्धको बेलामा त्यही स्थानीयहरु जो स्थानीय रक्सी बेचेर एक छाक टार्ने गर्थे । तिनका घरघरमा गएर घ्याम्पो फुटाउन निर्देशन दिने महरा आज विदेशी रक्सीको बोतल बोकेर तरुनी भेट्न जानु सहि हो ?
हामीले पनि पढेका छौँ ( कम्युनिजम र मार्क्सिजम तर कतैकतै भेटिन्न ( स्थानीय उत्पादनलाई बहिस्कार गर्नुपर्छ अनि विदेशमा उत्पादन भएका सुरपान गर्दै तरुनीसँग बरालिनुपर्छ । साथीहरु छातीमा हात राखेर सहिलाई सही र गलतलाई गलत भन्नुपर्छ र हैसियत राख्नुपर्छ, त्यो हैसियत राख्नुहोस् ।
यति भन्दै गर्दा सभामुख महोदय दोषी नै हुन् भन्ने होइन, उचित छानविन होस्, एउटा पक्ष वा दुवै पक्ष पक्कै दोषी छन् । मलाई लाग्छ ( दोषीलाई कारबाही हुनु पर्छ र आम नेपाली जनतालाई सम्मानित सदनबाट सरकारले चित्तबुझ्दो जवाफ दिनसक्नु पर्छ र त्यो हैसियत कम्युनिष्ट सरकारले राख्नुपर्छ, नत्र कम्युनिष्टको खोल ओडेर जनता समक्ष भ्रम नछर्दा हुन्छ ।
महरा काण्डले नेपाल र नेपालीको शिर झुकाएको छ । त्यसर्थ साथीहरु अन्धभक्त हुनुको औचित्य छैन, चाकडीवाद अन्त्य गरौँ । धन्यवाद । (धर्मचन्द्र योञ्जन तामाङको फेसबुक वालबाट ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















