काभ्रे । जिल्लाको महाभारत गाउँपालिका वडा नं. १, छोटेसान निवासी १५ वर्षिय नवाङ मोक्तानलाई बचाउन थालिएको अभियान जारी रहेको अभियान्तहरुले जानकारी दिएका छन् । आज (विहिबार) बनेपामा एक पत्रकार सम्मेलन गर्दै पिडित मोक्तानको अवस्था र आर्थिक संकलनको विवरण सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले यो अभियानबाट एउटा गरिब र निमुखाले जीवन पाउनेमा विश्वास व्यक्त गरे । विरामीको स्वास्थ्य क्रमिक रुपमा सुधार आएको जानकारी आफूले डाक्टर मार्फत प्राप्त भएको बताउँदै जिम्बाले यो अभियानमा पारदर्शीता हुनुपर्नेमा जोड दिए । सम्मेलनमा नेकपाका जिल्ला नेता सुजन लामा, पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, अभियान्तहरुको उपस्थिति रहेका थिए ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक विछोड जिम्बाले हालसम्मको आयव्यय सार्वजनिक गरेका थिए । उनका अनुसार हालसम्म खूद उठेको रकम ७ लाख २६ हजार ३ सय ६७ रुपैयाँ रहेको छ । हालसम्म सहयोग गर्ने व्यक्ति, संस्थालाई संयोजक जिम्बाले धन्यवाद दिएका थिए ।

हालसम्म कहाँबाट कति रकम संकलन भयो त ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।