प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई मन नपरेको प्रधान्मन्त्रीको सम्बोधन यस्तो थियो (पूर्ण पाठ सहित)

प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् ।

ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुदृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरे ।

‘हामी कोहीसँग झुक्दैनौँ, कतै ढल्कँदैनौँ,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।