काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफूबाट दशैंको टीका लगाउन चाहनेलाई टीका लगाइदिने भएकी छन्।
राष्ट्रपतिले दशैंको टीकाको दिन अपराह्न १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा अपराह्न २ः३० देखि ३ः३० सम्म अन्य व्यक्तिलाई टीका लगाइदिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नम्बर १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

Comments

comments